धनगढीमा श्रीमानले गरे श्रीमतीको बीभत्स हत्या

दार्चुला । कैलालीको धनगढीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

धनगढी उपमहानगरपालिका–७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या गरिएको प्रहरीले जनाएको छ। जोशीको उनकै श्रीमान डम्मरराज जोशीले हत्या गरेको खुलेको छ। प्रहरीकाअनुसार पूर्व शिक्षक समेत रहेका जोशी घटनापछि फरार भएका छन्।

उनको टाउकोमा कुनै धारिलो हतियार प्रहार गरेको देखिएको छ। अहिले भने शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। हत्यापछि फरार जोशीको भने खोजी भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?