दार्चुृला । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये १५८ ठाउँको नतिजा आइसकेको छ । धनुषा १ मा रास्वपाको उम्मेदवारी खारेजका कारण अहिले परिणाम घोषणा नगर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।
गणना जारी ६ ठाउँमध्ये बराबरी ३ क्षेत्रमा रास्वपा र एमालेको अग्रता छ । रास्वपाले अग्रता लिइरहेको क्षेत्र सुनसरी ४ मा दिपककुमार साह, नुवाकोट १ मा विक्रम तिमिल्सिना र गोरखा १ मा सुधन गुरुङ छन् ।
त्यस्तै एमालेका उम्मेदवारहरू संखुवासभामा अर्जुनकुमार कार्की, इलाम १ मा काजीमान कागते र अछाम २ मा यज्ञबहादुर बोगटीले लिड गरिरहेका छन् ।




