दार्चुलाको नौगाड गाउँपालिकाले मनायो नवौँ स्थापना दिवस

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले नवौँ स्थापना दिवस मनाएको छ । सोमबार (आज) गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीको अध्यक्षता गाउँपालिका केन्द्र होपरीगाड नवौँ स्थापना दिवस मनाईएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्ना, प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी, वडा अध्यक्षहरु, निर्वाचित जनप्रतिनिधि, गाउँपालिकाका शाखागत कर्मचारीहरु लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको गाउँपालिकाका कृषि शाखा अधिकृत प्रकाश सिंह धामीले जानकारी दिनुभयो ।

स्थापना दिवसको अवसरमा देउडा प्रतियोगिता, कुर्सी दौड, स्याउ खाने, चम्चा दौड लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको धामीले बताउनुभयो। प्रतियोगितामा सहभागी सम्पुर्ण समुहहरुलाई गाउँपालिकाले सम्मान गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?