दार्चुलाको व्याँसका आगलागी पीडित भट्ट परिवारको घर पुनर्निर्माणका लागि सहयोगको अपिल

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका–४ खालिगाडा टोलमा आगलागीबाट घर जलेर नष्ट भएपछि पीडित परिवारका लागि घर पुनर्निर्माण गर्न आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ।

फागुन २२ गते राति भएको आगलागीमा स्थानीय केशवदत्त भट्टको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगलागीका कारण घरभित्र रहेका लत्ताकपडा, आवश्यक कागजात, खाद्यान्न तथा दैनिक जीवनमा प्रयोग हुने सामग्री समेत नष्ट भएका थिए।

घर जलेपछि भट्ट परिवार अहिले कठिन परिस्थितिमा परेको छ। स्थायी बसोबासको व्यवस्था नभएकाले घर पुनर्निर्माणका लागि स्थानीयवासी तथा आफन्तजनले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका हुन्।

देश तथा विदेशमा रहेका शुभेच्छुकहरूलाई पीडित परिवारलाई सहयोग गर्न आह्वान गरिएको छ। सहयोग गर्न इच्छुक व्यक्तिहरूले इ–सेवा नम्बर ९८४७५५५६६० मार्फत सहयोग गर्न सक्ने जनाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?