४ वर्षीया बालिकालाई सुख्खा ट्यांकीभित्र लगेर यौन दुराचार

बझाङमा ४ वर्षकी एक बालिकालाई बाल यौन दुरुपयोग गरी संवेदनशिल अंग चलाएको भन्दै खप्तडछान्नाका एक किशोरविरुद्ध उजुरी परेको छ ।

खप्तडछान्ना गाउँपालिका ६ का एक किशोरले गोठालो गएकी ४ वर्षीया बालिकालाई ललाई फकाई गरि बालिकाको संवेदनशिल अंग चलाएको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

कात्तिक २ गते वेलुका ४ बजे घट्टेबगर भन्ने ठाउँमा गोठालो गएको आकाशे सिँचाइ खानेपानी आयोजनाको ट्यांकीभित्र लगेर बालिकालाई ट्यांकीभित्र लगेर संवेदनशिल अंग चलाएको प्रहरीले जनाएको छ ।

वेलुकी ४ बजेसम्म पनि बालिका घर नफर्किएपछि बालिकाकी दिदी नाता लाग्नेले घट्टेबगरमा खोज्दा नभेटिएपछि किशोरलाई बोलाउँदा आकाशे सिँचाइ खानेपानी आयोजनाको सुख्खा ट्यांकीबाट निस्किएको र बालिकाका कहाँ छ भनी सोध्दा थाहा छैन भन्ने जवाफ दिएको जनाइएको छ ।

किशोरले थाहा छैन भन्ने जवाफपछि बालिकाकी दिदीले आशंका गरि ट्यांकीभित्र हेर्दा बालिकालाई नाङ्गै अवस्थामा बालिका रोइरहेको फेला पारेको प्रहरीले जनाएको छ ।

बाल यौन दुराचार गरेको भन्दै ती किशोरलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी रुपक खड्काले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?