नौगाडको नागुमा रास्वपाद्वारा चुनावी समीक्षा, स्थानीयले १० बुँदे माग राख्दै ज्ञापन पत्र बुझाए

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति दार्चुलाले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा सुझाव संकलन अभियान सुरु गरेको छ। निर्वाचनका क्रममा मतदान बहिष्कार गरिएको नौगाड गाउँपालिका–१ नागुबाट पार्टीले समीक्षा तथा सुझाव संकलन अभियान थालेको हो।

रास्वपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पार्टीका जिल्ला सभापति राजेश सिंह सामन्तसहितको टोलीले मंगलबार नागुमा स्थानीय बासिन्दासँग भेटघाट तथा छलफल गरेको छ।

छलफलका क्रममा नागुबासीको तर्फबाट गठन गरिएको संघर्ष समितिले जिल्ला सभापति सामन्तलाई १० बुँदे मागपत्र बुझाएको छ। स्थानीयले मतदान बहिष्कारको निर्णय निर्वाचनको विरोध नभई क्षेत्रको आधारभूत विकासका आवश्यकताहरू पूरा गर्न ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको उल्लेख गरेका छन्।

संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा दल्लेख–नागु–सिना सडक खण्ड निर्माण, नागुमा वडा स्थापना, गोफागाड, मल्लोगोफा खोला, भट्टेधार खोला र दह खोला लगायत आवश्यक स्थानमा झोलुङ्गे तथा ट्रस पुल निर्माण गर्नुपर्ने माग समावेश गरिएको छ।

यस्तै नागेश्वर ज्योतिर्लिङ्ग धामलाई राष्ट्रियकरण गर्नुपर्ने, नागुका सबै विद्यालयको भौतिक संरचना निर्माण तथा स्थायी शिक्षकको व्यवस्था गर्नुपर्ने, टेलिफोन टावर स्थापना गर्नुपर्ने, घोरेटो बाटो निर्माण गर्नुपर्ने, गोफा खोला–गोधानी तथा लक्सेरीको पल्टाधार क्षेत्रमा आवश्यक स्थानमा रेलिङ निर्माण गर्नुपर्ने, छुटेका घरधुरी तथा बस्तीमा विद्युत् विस्तार गर्नुपर्ने, थाम टोलमा खानेपानी योजना निर्माण गर्नुपर्ने तथा खाद्य डिपो स्थापना गरी सञ्चालनमा ल्याउनुपर्ने माग राखिएको छ।

संघर्ष समितिका सचिव ठगेन्द्र सिंह जुहारीका अनुसार स्थानीयको विकास सम्बन्धी माग सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उक्त मागपत्र बुझाइएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?