सीमा क्षेत्रमा सुरक्षा गतिविधिबारे चासो राख्दै जादा भारतीय दादागिरी कायमै रहेको पाइएको छ । नेपाली अतिक्रमित भूमि कालापानी क्षेत्रमा भारतीय एसएसबीका स्पेशल डायरेक्टर ज्योर्तीमय चक्रवर्तीले निरिक्षण भ्रमण गरेको केहि दिनपछि नेपाली आकासमा भारतीय लडाकु बिमान देखिएको छ ।
अतिक्रमित नेपाली भूमि कालापानी लिपुलेक र लिम्पीयाधुरा क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरेयता भारतले आफ्नो दादागिरी झन पेचिलो बनाउन खोजेको छ । सशस्त्र प्रहरीलाई कालापानी क्षेत्रमा गस्ती गर्दा अवरोध गर्दै आएको भारतीय एसएबीले आफ्ना प्रमुख कालापानी पुगेको अवसरमा नेपाली भूमिमा भारतको नारा गुञ्जाउदै बुट बजारेको छ ।
एसएसबीका प्रमुख चक्रवर्तीले कालापानीसहित सीमा क्षेत्रका सबै एसएसबी युनिटहरुको निरीक्षण अनुगमन गरेको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । कालापानी नजिकको छाङरु क्षेत्रमा बसेका सशस्त्र प्रहरीका डिएसपी सहित सुरक्षाकर्मीहरुले अतिक्रमित भूमि कालापानीमा प्रवेश गर्न खोज्दा माथिको आदेश भन्दै भारतीय एसएसबीले रोक्दै आएको अधिकारीहरु बताउछन् ।
भारतले अतिmत्रमण गरेको नेपाली भूमिमा रबैया जमाइरहेकै बेला नेपाली आकासमा बेला बेला लडाकु बिमान समेत हवाई निरीक्षणका लागि पठाउने गरेको छ । मंगलबार मात्रै लेकम र मालिकार्जुन क्षेत्रबाट भारतीय लडाकु बिमान नेपाली आकासमा देखिएको लेकम गाउँपालिका वडा नम्बर ५ का स्थानीय हरिश जोशीले बताउनुभयो ।
भारतीय लडाकु बिमानले बेला बेला धुवाको मुस्लो फाल्दै व्यास देखि लेकम गाउँपालिका सम्मको नेपाली आकासमा हवाई निरीक्षण गरेर दम्ब प्रदर्शन गर्ने गरेको अर्का स्थानीय हरिप्रसाद जोशीले बताउनुभयो ।




