आईपीएल: आज कोलकत्ता र बैंगलोरबीच प्रतिस्पर्धा हुँदै

दार्चुला । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (बुधबार) कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा कोलकत्ता र बैंगलोर दशौँ खेलका लागि मैदान उत्रने छन् । कोलकत्ता र बैंगलोरबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ५ जितसहित १० अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता बैंगलोरलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ ।

तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न कोलकत्तालाई कठिन भने हुनेछ ।

किनकि बैंगलोर सातौं जितको खोजीमा रहेको छ । बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

कोलकत्तालाई हराएर बैंगलोर शीर्ष टोलिसँग अंक बराबरी गर्न चाहन्छ ।

यस्तै बैंगलोर कोलकत्ताविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । सिजनको पहिलो भेटमा कोलकत्तालाई बैंगलोरले ८२ रनले हराएको थियो ।

कोलकत्ता भने बैंगलोरसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

कोलकत्ताले बैंगलोरविरुद्ध मोर्गनसँगै दिनेश कार्तिक, आन्द्रे रसेल, कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडी मैदान उतार्ने छन् ।

बैंगलोरसँग कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनी जस्ता खेलाडीको साथ रहने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?