दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले फागुन महिनामा गरेको गतिविधिको विवरण सार्वजनिक गरेको छ । प्रहरीले महिनाभरि सञ्चालन गरेका काम कारबाही समेटेर मासिक विवरण सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार फागुन महिनामा अपराध अनुसन्धानतर्फ १२ वटा र जघन्य तथा गम्भीर प्रकृतिका २ वटा गरी जम्मा १४ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा ८ जना प्रतिवादी पक्राउ परेका छन् ।

अदालतको फैसला कार्यान्वयन अन्तर्गत २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाबाट ४ महिना २६ दिन कैद सजाय कार्यान्वयन गरिनुका साथै ४७ हजार ३२० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो ।

फागुन महिनामा ५ वटा घरेलु हिंसाका उजुरी परेका छन् । यस्तै, ३ वटा सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार यो अवधिमा ८२ वटा सवारी साधन कारबाहीमा परेका छन् । कारबाहीबाट ६७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै, जिल्लामा ४ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ३ जना पुरुष र एक जना बालक रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?