दार्चुला । लागू औषधसहित दार्चुलाका एक जना कञ्चनपुरबाट पक्राउ परेका छन् ।
कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम १६० मिलिग्रामसहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानी बस्ने २८ वर्षीय जनक सिंह धामी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बस्ने २६ वर्षीय हिक्मत बोहरा (सहचालक), कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २४ वर्षीय दिपेन्द्र बिष्ट, कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती बस्ने २७ वर्षीय सुरेन्द्र साँउद (चालक) रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको बिद्युतिय हाइसमा सवार उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, हाइससहित चारै जनालाई पक्राउ गरेको जनाएको छ।




