दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले ई–हाजिरी सुरु गरेको छ । गाउँपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएर डिजिटल हाजिरी प्रणाली लागू गरेको हो ।
पालिका मातहतका सबै कर्मचारीले अब ई–हाजिरी मा हाजिर लगाउने छन् । ई–हाजिरीमा कर्मचारी कतिबेला उपस्थित भए, कति बेला बिदा भए सबै देख्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशीले जानकारी दिनुभयो । पालिकाभित्र सुशासन र पारदर्शिता प्रवर्द्धन गर्न गाउँपालिका कार्यालयमा ई-हाजिरी जडान गरिएको र वडाहरुमा पनि यो महिना भित्र ई-हाजिरी जडान गरिसक्ने जोशीले जानकारी दिनुभयो ।
`लेकम गाउँपालिकाका ६ वटै वडाहरुमा मेसिन पुगिसकेको र यो महिना भित्र जडान गरिसक्छौ’ जोशीले भन्नुभयो । कर्मचारीको अनुपस्थितिका कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस् र कर्मचारीहरु कार्यालय समयभित्र कतै जान नसकुन् भनेर यो प्रविधि लागू गरिएको उहाँले बताउनुभयो।





प्रतिक्रिया