बैतडीको डिलासैनी गाउँपालिकामा ई–हाजिरी प्रणाली लागू

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकाले ई–हाजिरी प्रणाली लागू गरेको छ। परम्परागत ढड्डा हाजिरी रजिस्टरलाई विस्थापित गर्दै गाउँपालिकाले सुशासन, पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगलाई सुदृढ बनाउने उद्देश्यसहित डिजिटल हाजिरी प्रणाली लागू गरेको हो ।

गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले अब अनिवार्य रूपमा ई–हाजिरी प्रणालीमार्फत हाजिरी जनाउनुपर्नेछ। यस प्रणालीले कर्मचारीको उपस्थितिदेखि बिदा हुने समयसम्मको सम्पूर्ण विवरण स्वचालित रूपमा अभिलेख गर्नेछ, जसबाट कार्यसम्पादनमा जिम्मेवारी, अनुशासन र पारदर्शिता अभिवृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर बहादुर साउँदले बताउनुभयो।

ई–हाजिरी प्रणालीले कर्मचारी व्यवस्थापनलाई प्रविधिमैत्री, प्रभावकारी र पारदर्शी बनाउने उहाँले बताउनुभयो । गाउँपालिका कार्यालयमा सुरु गरिएको यो प्रणालीलाई यही महिनाभित्र वडा कार्यालयहरूमा पनि विस्तार गरिने प्रमुख प्रशासकीय अधिकृत साउदले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?