भदौ २३ र २४ का घटनामा सेनाको भूमिका शंकास्पद रहेको कार्की आयोगको ठहर

राजनैतिक नेतृत्वसहित सिभिल फौजी एवं निजामतीतर्फ कार्वाहीका निम्ति कडा सिफारिस गरेको गौरीबहादुर कार्की छानबिन आयोगले भदौ २३ र २४ को घटनाका सन्दर्भमा नेपाली सेनाको भूमिकावारेसमेत चिरफार गरेको पाइएको छ ।

कार्की सरकारलाई बुझाएर गोप्य नै राखिएको प्रतिवेदन आयोग श्रोतबाट जनआस्थालाई प्राप्त भएको छ । ९०७ पेजको प्रतिवेदनको ६६७ र ६६८ औं पृष्ठमा सेनाको भूमिका,अन्य सुरक्षा निकाय र नागरिक समाजको गुनासो समेत समेटिएको छ ।

प्रतिवेदनमा भनिएको छ-

“सिंहदरबार र शीतल निवासमा नेपाली सेना तैनाथ थियो । तिनको रक्षा गर्नु सेनाको कर्तव्य हो तर कार्यान्वयन गरेको देखिएन । सिंहदरबारस्थित नरसिंह दलका कमाण्डर,राष्ट्रपति भवन शीतल निवासका कमाण्डर र संघीय संसद भवन परिसर बानेश्वर तथा प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षार्थ खटिएका सैन्य कमाण्डरहरुले कर्तव्य पुरा गरेको देखिएन | ”

भाद्र २४ गते बिहान प्रदर्शनकारीहरुले संघीय संसद भवन परिसरमा प्रवेश गरी आगजनी र तोडफोड गर्न शुरु गरेको केही बेरमा नै नेपाली सेनाको उक्त टुकडी संघीय संसद भवन परिसरबाट बाहिर निस्किएको तहाँ खटिएका प्रहरी र प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुबै दिन नरसिंह दल सिंहदरवारबाट संसद भवन सुरक्षार्थ खटिएका सेनाको टोलीले कर्तव्य पूर्ण रुपमा पालना गरेको देखिएन ।

प्रतिवेदनमा थप उल्लेख छ-

“भाद्र २४ गतेको घटनाका सम्बन्धमा उपत्यका बाहिरका जिल्लामा पनि सेनाका प्रतिनिधि जिल्ला सुरक्षा समितिको सदस्य रहने कानूनी व्यवस्था भएबमोजिम सेना उक्त समितिका निर्णयहरुमा पनि प्रत्यक्ष सहभागी हुँदै आएको छ । भाद्र २३ र २४ गते शान्ति सुरक्षाको अवस्था प्रहरी नियन्त्रणभन्दा बाहिर गएको अवस्थामा स्थानीय प्रशासन ऐन , २०२८ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीहरुले नेपाली सेनाको सहयोग माग्दासमेत सहयोग नपाएको गुनासो काठमाडौंलगायत बाहिर जिल्लाका प्र.जि .अ .र प्रहरी सुरक्षा अधिकारीहरुले निरीक्षण एवं अनुगमनको क्रममा आयोगका पदाधिकारीहरुलाई खुलेर भनेका छन् । माग भएको अवस्थामा नेपाली सेना हतियार असवावसहित प्रदर्शनकारीको अगाडि आई परिचालित भएको भए पनि सेनाको उपस्थितिले धेरै हदसम्म प्रदर्शनकारीहरुमा डर पैदा भई थप क्षति ( damage control ) रोक्नसक्ने अवस्था हुन्थ्यो । ”

नेपाली सेनाले खटिएका अन्य सुरक्षाकर्मीहरुलाई आवश्यक सहयोग गरी भीडको अनाधिकृत प्रवेशलाई रोक्नुपर्नेमा सो नगरी निर्वाध रुपले प्रवेश गर्न दिई प्रधानमन्त्री निवासभित्र रहेका भवनलगायत अन्य सामाग्रीहरु समेतमा आगजनी , तोडफोड तथा लुटपाट हुन दिएको घटनामा मौन बसी सुरक्षाको मूल जिम्मेवारी र कर्तव्य पुरा गरेको देखिएन र राज्यले ठूलो क्षति व्यहोर्नुपर्यो ।

प्रधानमन्त्री निवासमा भीड पस्दा सेनाले अन्य सुरक्षा निकायलाई साथ नदिएको किटानीसहित आयोग भन्छ-

“भाद्र २४ गते अन्दाजी १३: ३० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारको पूर्वपट्टी रहेको मूल गेट बाहिर प्रदर्शनकारीहरु जम्मा भई तत्कालीन प्रधानमन्त्री के .पी.शर्मा ओलीबिरुद्ध नाराबाजी गर्दै भित्र प्रवेश गर्न खोज्दा गेटमा खटिएका सुरक्षाकर्मीले सम्झाई बुझाई गरी रोक्ने प्रयास गरेका थिए । तर उक्त भीडमा प्रदर्शनकारीहरुको संख्या बढ्दै गएको कारणबाट सुरक्षाकर्मीहरुले मात्र थेग्न सक्ने अवस्था नहुँदा बल प्रयोग गर्नुपर्ने अवस्था आएको तर तिनले बल प्रयोग नगरी उक्त स्थान छाडी गएपश्चात प्रदर्शनकारीहरु मूलगेटबाट छिरी छेउमा रहेको भवनमा तोडफोड र आगजनी गर्दै अन्य भवन तथा सवारी साधनहरुमा क्षति पुर्याउँदै प्रधानमन्त्री बस्ने मूल आवास भवनतर्फ बढिरहँदा सुरक्षाकर्मीहरुले बल प्रयोग बिना सुरक्षा प्रदान गरी थप क्षति हुनबाट रोक्न सक्ने अवस्था थिएन | प्रधानमन्त्री निवास सुरक्षाको सम्पूर्ण जिम्मेवारी लिएका नेपाली सेनाले खटिएका अन्य सुरक्षाकर्मीहरुलाई आवश्यक सहयोग गरी भीडको अनाधिकृत प्रवेशलाई रोक्नुपर्नेमा सो नगरी निर्वाध रुपले प्रवेश गर्न दिई प्रधानमन्त्री निवासभित्र रहेका भवनलगायत अन्य सामाग्रीहरु समेतमा आगजनी , तोडफोड तथा लुटपाट हुन दिएको घटनामा मौन बसी सुरक्षाको मूल जिम्मेवारी र कर्तव्य पुरा गरेको देखिएन र राज्यले ठूलो क्षति व्यहोर्नुपर्यो ।

निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीहरुले नेपाली सेनाको सहयोग माग्दासमेत सहयोग नपाएको गुनासो काठमाडौंलगायत बाहिर जिल्लाका प्र.जि.अ .र प्रहरी सुरक्षा अधिकारीहरुले निरीक्षण एवं अनुगमनको क्रममा आयोगका पदाधिकारीहरुलाई खुलेर भनेका छन् ।

भाद्र २३ गते कर्फ्यू आदेश जारी भएपश्चात संघीय संसद भवनमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरुको वीचमा भइरहेको झडपमा जिल्ला सुरक्षा समिति काठमाडौंको अनुरोधमा सुरक्षा प्रदान गर्नको निमित्त नरसिंह दल गण,सिंहदरवारबाट अन्दाजी १२:४५ बजेको समयमा दुई वटा सवारी साधनमा नेपाली सेना संघीय संसद भवन (BICC ) को करिब ३०० मीटर पूर्वपट्टी रहेको थापा गाउँमा पुग्दा प्रदर्शनकारीहरुले नेपाली सेना सवार रहेको गाडीलाई रोकी अवरोध गरेपश्चात प्रहरीको सहयोगमा अन्दाजी १५:०० बजे संघीय संसद भवन परिसरमा प्रवेश गरी संसद भवनको चारैतर्फ प्रदर्शनकारीहरुसंग मुकाबला गरिरहेका प्रहरीहरुलाई ठोस रुपमा आश्वस्त हुने गरी सहयोग नगरेको भनी ड्युटीमा खटिएका प्रहरी अधिकृतले आयोगसमक्ष वयान दिएका छन् ।

भाद्र २३ गते राती नेपाली सेनाको टोलीले संघीय संसद भवन परिसरभित्र बसी सुरक्षा प्रदान गरेको देखिन्छ । दोश्रो दिन भाद्र २४ गते बिहान प्रदर्शनकारीहरुले संघीय संसद भवन परिसरमा प्रवेश गरी आगजनी र तोडफोड गर्न शुरु गरेको केही बेरमा नै नेपाली सेनाको उक्त टुकडी संघीय संसद भवन परिसरबाट बाहिर निस्किएको तहाँ खटिएका प्रहरी र प्रत्यक्षदर्शीहरुले बताएका छन् | दुबै दिन नरसिंह दल सिंहदरवारबाट संसद भवन सुरक्षार्थ खटिएका सेनाको टोलीले कर्तव्य पूर्ण रुपमा पालना गरेको देखिएन ।

तर नेपाली सेनाले केही गर्दै नगरेको भने होइन । भाद्र २४ गतेको घटनामा नेपाली सेनाले बिशिष्ट व्यक्तिहरु (VIP ) को सुरक्षालाई महत्व दिई विभिन्न ठाउँबाट उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । प्रहरी वृत्त महाराजगन्जको छतमा फसेका प्रहरीहरुको उद्धार सेनाको हेलिकप्टरबाटै गरिएको थियो ।

जन आस्था अन्लाईबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?