दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षाफल परीक्षा सम्पन्न भएको केही घण्टामै सार्वजनिक गरेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले परीक्षा सकिएकै दिन नतिजा प्रकाशन गरेको हो ।

गाउँपालिकामा बिहीबार (आज) मात्रै कक्षा ८ को पालिका स्तरीय परीक्षा सम्पन्न भएको थियो । परीक्षा सम्पन्न भएको केही घण्टामै नतिजा सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिनुभयो ।

चैत ५ गतेदेखि सञ्चालन भएको उक्त परीक्षा चैत १२ गते सम्पन्न भएको शिक्षा शाखा अधिकृत लोकेन्द्र सिंह धामीले बताउनुभयो । प्रकाशित नतिजाअनुसार यस वर्ष गाउँपालिकाभित्रका १४ वटा विद्यालयका २ सय ९४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

सहभागीमध्ये १ सय ४६ जना विद्यार्थी (करिब ४९.७ प्रतिशत) ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् भने १ सय ४८ जना (करिब ५०.३ प्रतिशत) विद्यार्थी ननग्रेडेड भएका छन् । ननग्रेडेड विद्यार्थीमध्ये १ सय २१ जना ( ४१.२ प्रतिशत) ले ग्रेड वृद्धी परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

परीक्षा प्रणालीमा सुधार गर्दै नतिजा छिटो र प्रभावकारी रूपमा सार्वजनिक गर्न सफल भएकोमा अध्यक्ष धामीले शिक्षा, युवा तथा खेलकुद शाखा तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।


प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?