दार्चुला । दार्चुलामा ६० बर्षीय वृद्ध झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ मलेरा घरभई हाल महाकालीनगरपालिका वडा नम्बर ५ मोहती बस्दै आएका अन्दाजी ६० वर्षीय दिलिप सिंह बडाल झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक एवं सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

बुधवार राती करिब ८ बजेतिर मोहती स्थित भतिजा करन सिंह बडालको घरमा आफुले सुत्ने कोठाको सिढीमा झुण्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

घटनास्थलमा प्रहरी खटिइ मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला पुगाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?