आईपीएल : आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भिड्दै

दार्चुला। युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (बिहीबार) राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईमा राजस्थान आफ्नो ११ औं र हैदराबाद आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन् । राजस्थान र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थान पाँचौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब रहेको छ ।

राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । त्यसैले राजस्थानका लागि यस खेल गर या मरको स्थितिमा हुनेछ ।

डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादलाई पनि यस खेल महत्वपूर्ण रहेको छ ।

पुछारबाट दोस्रो स्थानमा रहेको हैदराबादलाई प्ले अफ सम्भावना कायम राख्न जित बाहेक अन्य विकल्प छैन ।

हैदराबादले ९ खेलमा ३ जितसहित ६ अंक जोडेको छ ।

यस्तै हैदराबाद राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको थियो ।

हैदराबादले राजस्थानविरुद्ध वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी मैदान उतार्ने छन् ।

राजस्थानसँग कप्तान स्मिथसहित बेन स्टोक्स, डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडीको साथ रहने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?