दार्चुलाका ५ स्थानीय तहमा ‘नसर्ने रोग स्क्रिनिंग’ शिविर सञ्चालन हुँदै

दार्चुला । दार्चुलाका विभिन्न ५ स्थानीय तहका स्वास्थ्य संस्थामा नसर्ने रोगको स्क्रिनिंग शिविर सञ्चालन भईरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा ५ वटा स्थानीय तहका एक एक स्वास्थ्य संस्थामा नसर्ने रोग परिक्षणको लागि निःशुल्क शिविर सञ्चालन हुन लागेको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाको चालु आर्थिक वर्षको वार्षिक स्वकृत कार्यक्रम अनुसार ३० वर्ष उमेर पुगेका नागरिकहरुमा नसर्ने रोगको स्क्रिनिंग तथा परामर्शको लागि चैत १६ गते (आज) देखि २१ गते सम्म ५ वटा स्वस्थ्य संस्थामा शिविर सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार मालिकार्जुन गाउँपालिकाको भगवती स्वास्थ्य चौकीमा चैत १६ गते शिविर सञ्चालन हुने छ । त्यस्तै चैत १७ गते लेकम गाउँपालिकाको सर्माेली स्वास्थ्य चौकीमा, चैत १८ गते शैल्यशिखर नगरपालिकाको रानीशिखर स्वास्थ्य चौकीमा, चैत २० गते व्याँस गाउँपालिकाको धौलाकोट स्वास्थ्य चौकीमा र चैत २१ गते दुुहुँ गाउँपालिकाको हिकिला स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने छ ।

शिविरमा रक्तचाप परिक्षण तथा परामर्श सेवा, मधुमेहको परिक्षण तथा परामर्श, पिशावद्धारा मिर्र्गाैलाको जाँच तथा परामर्श, तौल तथा उचाईको अनुपात निकाल्ने तथा परामर्श, रगतमा बोसोको मात्रा जाँच तथा परामर्श र दम तथा स्वासप्रस्वास सम्बन्धि जाँच तथा परामर्श सेवा दिइने कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो ।

आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा शिविर सञ्चालन भएको दिन उपस्थित भएर सेवा लिन कार्यालय प्रमुख भट्टले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?