दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण अवधिभर विद्यालयहरुलाइ विद्यालयमा कार्यरत शिक्षकलाइ बिदा वा काजमा नछोड्न निर्देशन दिइएको छ।

शिक्षा विकास तथा समन्वय इकाई, दार्चुलाले जिल्लाका नौवटै स्थानीय तहलाई परिपत्र गर्दै यस्तो व्यवस्था मिलाउन अनुरोध गरेको हो।

२०८२ चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE) का उत्तरपुस्तिकाहरू परीक्षा अवधिभित्रै परीक्षण गरिसक्नुपने भएकाले यो कदम चालिएको हो इकाई प्रमुख प्रताप सिंह धामीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

स्थानीय तहले आफ्ना मातहतका विद्यालय र शिक्षकहरूलाई सोही बमोजिम परिपत्र गर्न पनि अनुरोध गरिएको छ ।

परीक्षा सकिएलगत्तै नतिजा प्रकाशनको प्रक्रियालाई छिटो छरितो बनाउन उत्तरपुस्तिका परीक्षणलाई प्राथमिकता दिइएको इकाईले जनाएको छ। यो निर्णयसँगै अब दार्चुलाका विषयगत शिक्षकहरू परीक्षा अवधिको अन्त्यसम्म अनिवार्य रूपमा कार्यक्षेत्रमा खटिनुपर्नेछ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?