दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका र एकएक पाईला संस्था काठमाडौंको संयुक्त आयोजनामा खण्डेश्वरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरको दोस्रो दिन सेवा लिनेको भिड लागेको छ । दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालित यस शिविरमा दास्रो दिन(चैत्र १८ गते) ५७१ जना सेवाग्राहीले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन्।

अपिहिमाल गाउँपालिका स्वास्थ्य शाखा र एकएक पाईला संस्था काठमाडौंको सहकार्यमा। खण्डेश्वरीमा हाडजोर्नी, सामान्य शल्यक्रिया, बालरोग, चर्मरोग, स्त्री प्रसुती रोग, भिडियो एक्सरे, दन्त रोग, आँखा, नाक, कान घाँटी, जनरल मेडिसिन, फार्मेसी सेवा प्रदान भइरहेको पञ्चिकरण शाखा एमआइएस अपरेटर दिपक राम टमटाले जानकारी दिनुभयो।

गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नागरिकहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरेको हो । निःशुल्क शिविरमा पहिलो दिन ६३२ जनाले सेवा लिएका थिए ।

दुर्गम बस्तीका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता प्रभावकारी स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने गाउँपालिकाको लक्ष्य रहेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?