नेपाल प्रहरीमा ६०७ प्राविधिक पदमा भर्ना खुल्यो

नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्ति भर्ना गर्न दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले सूचना जारी गर्दै प्राविधिक प्रहरी समूहका विभिन्न उपसमूहतर्फ रिक्त पदहरू खुला प्रतियोगितामार्फत समावेशी आधारमा पूर्ति गरिने जनाएको हो।

जारी सूचनाअनुसार सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा प्रहरी अस्पताल लगायतका निकायका लागि कुल ६०७ नयाँ कर्मचारी नियुक्ति गरिनेछ।

प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?