एकै दिनमै श्रम स्वीकृति: टोकन प्रणाली खारेज

दार्चुला । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रक्रियालाई छिटो र सहज बनाउन टोकन प्रणाली खारेज गरेको छ। अब श्रमिकहरूले एकै दिनमै श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको विभागले जनाएको छ।

विभागकी महानिर्देशक मीरा आचार्यका अनुसार नयाँ सरकारको निर्देशनअनुसार वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सुधारका कामहरू सुरु गरिएको हो। यससँगै श्रमिकको हकहित संरक्षणलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो।विभागले चैत १५ गते सार्वजनिक सूचनामार्फत इजाजतपत्रबिना वैदेशिक रोजगारसम्बन्धी कुनै पनि काम गरेमा वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही गरिने चेतावनी दिएको थियो।

त्यसैगरी, म्यानपावर कम्पनीहरूले अन्तर्वार्ताका क्रममा प्रयोग गर्ने फारम केवल अङ्ग्रेजी भाषामा हुँदा श्रमिकलाई समस्या भएको गुनासो आएपछि अब नेपाली वा द्विभाषिक (नेपाली–अङ्ग्रेजी) फारम अनिवार्य गरिएको छ। उक्त व्यवस्था पालना नगरे कानुनी कारबाही हुने विभागले जनाएको छ।

यस्तै, अभिमुखीकरण तालिमको शुल्क अधिकतम ७०० रुपैयाँ तोकिएको छ। सोभन्दा बढी शुल्क लिएको पाइएमा सम्बन्धित संस्थाको अनुमति स्वतः रद्द गरिने चेतावनी दिइएको छ।

विभागले पारदर्शिता बढाउन आजदेखि हरेक तीन दिनमा दर्ता भएका मुद्दाको विवरण (प्रतिवादीको नाम, ठेगाना र बिगो रकमसहित) आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था समेत लागू गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?