अपिहिमालको सरस्वती आवि मरखोलामा ३५औं वार्षिकोत्सब सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलाको ३५ओैँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम प्रसाद जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा अपिहिमाल गाउँपालिका उपाध्यक्ष देवकी देवी बोहराको प्रमुख आतिथ्यता रहेको थियो। गाउँपालिका प्रवक्ता रविन्द्र सिह बोहराको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा अपिहिमाल गाउँपालिका शिक्षा अधिकृत मदन राज जोशीको आतिथ्यता रहेको थियो।

स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोवर्धन सिह धामीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रारम्भिक बाल विकास कक्षा देखि ८ सम्म अध्यापन हुने यस विद्यालयमा १३२ जना विद्यार्थी अध्ययनरत रहेका छन । कार्यक्रममा विद्यार्थीका प्रतिभा प्रस्फुटन गर्नुका साथै पुरस्कार वितरण र अतिथिहरूका शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो।

हाल यस विद्यालयका प्रारम्भिक बाल कक्षा देखि ५ सम्म अंग्रेजी माध्यमबाटबाट समेत पठनपाठन हुदैछ। वार्षिकोत्सब कार्यक्रममा शैक्षिक सत्र २०८२ मा कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिनुका साथै जग्गादाता नरेन्द्र सिह रोकायालाई दोसल्ला सहित सम्मान गरिएको प्रधानाद्यापक गोवर्धन सिह धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?