बैतडीको दशरथचन्द नगरपालिकाद्धारा कृषि एम्बुलेन्स सञ्चालन

दार्चुला । बैतडीको दशरथचन्द नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ। दशरथचन्द नगरपालिकाले आफ्नो ३०औँ स्थापना दिवसका अवसरमा जिल्लामै पहिलो पटक मंगलबारबाट कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

किसानहरूले उत्पादन गरेको कृषि उपजलाई ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपक कार्कीले बताउनुभयो ।

नगरपालिका र सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त लगानीमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो। “किसानले नगरपालिकामा कृषि उपज ढुवानीका लागि निवेदन दिनुपर्छ। किसानले भनेकै ठाउँबाट सहुलियत शुल्कमा बजारसम्म ढुवानी गरिदिन्छौँ”, कृषि विकास शाखा प्रमुख कार्कीले भन्नुभयो।

कृषि एम्बुलेन्समार्फत किसानहरूले फलाएको उब्जनीलाई बजारसम्म पु¥याउन र उहाँहरूलाई आवश्यक पर्ने मल, बीउलगायत कृषि सामग्रीहरू खेतसम्म नै ढुवानी गरिने छ।

कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने नगरप्रमुख पुष्करराज जोशीले बताउनुभयो। “कृषि उपजलाई बजारसम्म ढुवानी गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउन कृषि एम्बुलेन्स सञ्चालन गरेका हौँ,” नगर प्रमुख जोशीले भन्नुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?