बैतडीमा प्रहरी थुनामा रहेका एक जनामा कोरोना संक्रमण, प्रहरी कार्यालय सिल गरियाे

बैतडी । कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिनुभयाे।’कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरेका थियौं,’उहाँले भन्नुभयाे ‘उहाँको स्वाब संकलन गरी धनगढी पठाएका थियौं। आज भर्खरै रिपोर्ट पोजिटिभ आएको छ।’

उहाँमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको छ।

शिवनाथ गाउँपालिकाबासी ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको थियो। संक्रमित चैत ६ गते भारतबाट नेपाल आएका थिए।’

अब हामीले कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेका छौं,’उहाँले भन्नुभयाे,’धेरै जोखिम भएका र कम जाेखिम भएका छुट्टाएर परीक्षण थाल्छौं।’उहाँका अनुसार संक्रमितकाे सम्पर्कमा आएकालाइ आइसोलेसनमा राखिनेछ।

यसैबिच शुक्रबार डडेल्धुरामा एक जना र कैलालीमा तीन जना गरी सुदूरपश्चिम भरी ५ जना काेराेना संक्रमित थपिएकाे पुष्टी भएकाे छ ।

पछिल्लाे कोरोना परीक्षणमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नेपालमा सङ्क्रमित सङ्ख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । हालसम्म ३ जनाकाे मृत्यु भएकाे छ भने संक्रमितमध्ये ७० जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?