दार्चुला । दार्चुलामा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर २ गराडी (सल्याडी) का ३५ वर्षीय पुष्कर कार्कीको भिरबाट लडेर ज्यान गएको हो ।

कार्की बुधबार घरनजिकैको सलानी भिरबाट लडेर गम्भिर घाइते हुनुभएको थियो । गम्भीर घाइते उहाँलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै (बैतडीको न्वाली क्षेत्र आसपास पुगाउँदा ज्यान गएको वडा अध्यक्ष शिव राज जोशीले जानकारी दिनुभयो ।

कार्कीलाई सुरुमा गोकुलेश्वर अस्पताल पुगाईएकोमा त्यहा उपचार सम्भव नभए पछि कैलाली रेफर गरिएको थियो । कार्की आज विहान गोठालो गएको बेला भिबाट लडेको वडा नम्बर २ का वडा सदस्य बिरेन्द्र कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?