दार्चुलाका सबै पालिकामा राष्ट्रिय युवा संघको संयोजक र सह-संयोजकको टुङ्गो

दार्चुलाका नौँ वटै स्थानीय तहमा संयोजक र सह-संयोजकको टुङ्गो लागेको छ । जसअनुसार महाकाली नगरपालिकाको संयोजक दिनेश थापा र सह-संयोजक दानी राम बिक चयन भएका छन् । शैल्यशिखर नगरपालिकामा संयोजक चुडामणी साउद र सह-संयोजकमा गौरीलाल खडायत चयन भएका छन् ।

व्याँस गाउँपालिकामा संयोजक दिपक सिह डडाल र सह-संयोजक शेर सिह कुवँर, दुहुँ गाउँपालिकामा संयोजक पुष्कर सिह कार्की र सह-संयोजक धन बहादुर बम, लेकम गाउँपालिकामा संयोजक दिपेन्द्र पाल र सह-संयोजक नरेन्द्र रावल, मालिकार्जुन गाउँपालिकामा संयोजक भोज राज पन्त र सह-संयोजक रुप सिह धामी चयन भएका छन् ।

नौगाड गाउँपालिकामा संयोजक भक्त बहादुर ठगुन्ना र सह-संयोजक गणेश राम टमटा, मार्मा गाउँपालिकामा संयोजक देब सिह ठगुन्ना र सह-संयोजक कमल बोहरा, अपि हिमाल गाउँपालिकामा संयोजक धिरन ठेकरे र सह-संयोजक डिला जागरी चयन भएको राष्ट्रिय युवा संघ जिल्ला ईन्चार्ज नरेश गिरीले जानकारी दिनुभयो ।

यस्तै सुरेन्द्र बम संयोजक र गंगादत्त जोशी सह-संयोजक रहेको राष्ट्रिय युवा संघ दार्चुलाको जिल्ला कमिटीले पुर्णता पाएको छ । ५१ सदस्यिय बनेको युवा संघ दार्चुला जिल्ला कमिटीमा १० जना मनोनित गर्न सकिने ईन्चार्ज गिरीले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ दार्चुलाका संयोजक सुरेन्द्र बहादुर बमको अध्यक्षता एबं राष्ट्रिय युवा संघ दार्चुलाका ईन्चार्ज नरेश गिरी, सहईन्चार्ज नरबहादुर बिष्ट, नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्री, पार्टी सचिव उदय बडाल, संगठन विभाग प्रमुख ज्ञानेन्द्र बन्दी, प्रचार विभाग प्रमुख खडक सिह बडाल, नेकपा जिल्ला कमिटि सदस्य धनबहादुर कुवँर लगायतको उपस्थितिमा शुक्रबार जिल्ला कमिटी र स्थानीय तहको एकता प्रकृया सम्पन्न भएको ईन्चार्ज गिरीले बताउनुभयो ।

जिल्ला कमिटी र पालिकाहरुका संयोजक र सहसंयोजकको सूचि हेर्नुहोस

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?