आईपीएल : शीर्ष स्थानमा मुम्बई, चेन्नई प्रतियोगिताबाट बाहिरियो

दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएर्ल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

चेन्नई सुपर किग्ङ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । आईपीएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरिएको हो ।

राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाउन सक्यो ।

१ सय १५ रनको लक्ष्य पाएको मुम्बईले १२ ओभर २ बलमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जीतसँगै मुम्बईको १० खेलमा १४ अंक भएको छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरको पनि १४ अंक नै भए पनि रन रेटका आधारमा मुम्बई लिगको शीर्ष स्थानमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?