आईपीएल: मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनले हरायो

दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनले हराएको छ ।

तिलक बर्माको शतक मुम्बईको जीतको लागि महत्त्वपूर्ण बन्यो । उनले ४५ बलमा अविजित १०१ रन बनाए । गुजरातको घरेलु मैदान अहमदावादमा हिजो भएको खेलमा मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएको थियो

जवाफी ब्याटिङ गरेको गुजरातले १५ ओभर ५ बलमा १०० रनमात्र बनाउँदै अलआउट भयो । बलरले उत्कृष्ट पाली खेलेपछि मुम्बईले चार खेलेको हार शृङ्खला पनि अन्त्य गरेको छ । मुम्बईका अश्वनी कुमारले सर्वाधिक ४ विकेट लिएका छन् ।

जितसँगै मुम्बई तालिकाको सातौँ स्थानमा छ भने गुजरात छैटौँ स्थानमा छ । आईपीएलमा आज हैदराबादमा बेलुकी पौने ८ बजे सनराईजर्स हैदराबाद र दिल्ली क्यापिटल्सले खेल्दैछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?