१०० रुपैयाँ माथिका सामानमा कर: सीमावर्ती क्षेत्रमा असन्तुष्टि

दार्चुला । भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा कडाइका साथ भन्सार शुल्क लागू गरिएपछि सीमावर्ती क्षेत्रका नागरिक असन्तुष्ट भएका छन्। यसअघि घरायसी सामान किन्न सीमावर्ती भारतीय बजार पुग्ने स्थानीयहरू अहिले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा कर तिर्नुपर्ने व्यवस्थापछि मारमा परेको गुनासो गर्छन्। पछिल्ला केही दिनयता सीमा नाकाहरूमा सुरक्षाकर्मीले १०० रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने भन्दै सामान ल्याउन रोक लगाइरहेको बताइएको छ।

नेपाली बजारको तुलनामा भारतीय बजारमा सामान सस्तो पाइने भएकाले सीमावर्ती बासिन्दा दैनिक उपभोग्य सामग्री खरिदका लागि त्यहाँ जाने गरेका हुन्। तर, नेपालमै खाद्यान्न लगायतका वस्तुको मूल्यवृद्धि भइरहेका बेला यस्तो कडाइले झन् समस्या थपिएको उनीहरूको भनाइ छ।

स्थानीयले घरायसी सामानमा केही सहुलियत दिन सरकारसँग माग गरेका छन्। नेपाल–भारत सीमामा रोटी–बेटीको सम्बन्धका कारण दुवैतर्फ आफन्त तथा इष्टमित्र रहने हुँदा अहिलेको व्यवस्थाले उनीहरूबीचको आवतजावत र उपहार आदानप्रदानमै समस्या परेको गुनासो गरिएको छ।

१०० रुपैयाँभन्दा माथिका सामानमा अनिवार्य भन्सार लागू हुँदा भारतस्थित आफन्तले दिएको सामान्य उपहारसमेत ल्याउन नपाइने अवस्था आएको उनीहरूको भनाइ छ। रोटी–बेटीको सम्बन्ध रहेको क्षेत्रमा यस्तो व्यवस्था उपयुक्त नहुने स्थानीयको धारणा छ।

यता, नेपाली व्यवसायीहरूले भने उक्त कदमलाई सकारात्मक रूपमा लिएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?