दार्चुला । युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृखंलाको दोस्रो खेलमा जितका लागि १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको यूएईले घरेलु टोलीविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रन बनाएको हो ।

यूएईको निम्ति अक्षदीप नाथले ५३ रनको अर्धशतकीय इनिङ खेले । अक्षदीपले ४२ बलमा तीन चौका र चार छक्का प्रहार गरेका थिए । उनले सातौँ विकेटको निम्ति महोम्मद अरफानसँग ६४ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

महोम्मद अरफानले ३२ र ओपनर आदीप उसमानीले ३० रन जोडे ।

नेपालका सन्दीप लामिछानले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले जम्मा ६ रन खर्चिएका थिए । हेमन्त धामीले दुई विकेट लिँदा नन्दन यादव र साहब आलमेले समान एक विकेट लिए ।

खेलमा यूएई लगातार दोस्रो जित निकाल्दै प्रतियोगिता टुंग्याउने लक्ष्यमा छ । नेपाल भने जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा छ । सोमबार भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

नेपालले यसपछि क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसँग अप्रिल २५ र मे १ मा खेल्ने तालिका छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?