दार्चुला । काठमाण्डौको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले माइकिङ गरी सबैलाई अनुरोध गरेको छ ।

हिजो बेलुका नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले सार्वजनिक सूचना जारी गरेर वैशाख १२ गते बिहान ६ बजेदेखि खाली गरिने भन्दै त्यसअघि नै बस्ती खाली गर्न अनुरोध गरेको हो ।

नेपाल सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल शुरू गर्ने सूचनामा भनिएको छ । त्यहाँ बस्ने अपाङ्गता भएका, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिई सुरक्षित रूपमा सार्न सरकारको अनुरोध छ ।

सुरक्षाकर्मीको सहयोग चाहिएमा सहयोग माग्न पनि अनुरोध गरिएको छ । यसअघि २०७९ साल मंसिर १२ गते काठमाण्डौ महानगरले थापाथली क्षेत्रमा डोजर लगाएको थियो । तत्कालीन मेयर बालेन शाहको निर्देशनमा बस्ती खाली गराउन गएका सुरक्षाकर्मीसँग स्थानीयको झडप भएपछि त्यो विषय अदालतसम्मै पुग्यो ।

उच्च अदालत पाटनले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहलगायत विपक्षी रहेको मुद्दामा २०८० साउनमै ६ महिनाभित्र योजना निर्माण गर्न निर्देशन दिएको थियो । अदालतले लगत संकलन र प्रमाणीकरण गर्न समेत आदेश दिए पनि त्यो काम अझै पूरा भएको छैन ।

काठमाण्डौ महानगरबाट भूमि समस्या समाधान आयोगमा जम्मा ५६ जनाको मात्रै निवेदन प्राप्त भएको आयोगले जानकारी दिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले तीन वर्षअघि तयार पारेको प्रतिवेदनअनुसार काठमाण्डौ महानगरभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या २ हजार २४५ थियो ।

सरकारको १०० दिने कार्यसूची र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रविपरीत सुकुम्बासी बस्ती खाली गराउन लागेको भन्दै पीडितहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?