दार्चुला । नेपाल ‘ए’ र ओमानबीच भइरहेको दुई खेलको एक दिवसीय शृङ्खला अन्तर्गत दोस्रो खेल आज हुँदैछ ।
खेल मूलपानी क्रिकेट मैदानमा अहिले साढे ९ बजेदेखि शुरु हुँदैछ । अस्ति भएको पहिलो खेलमा नेपाल ’ए’ टोली ओमानसँग ७० रनले हारेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले ओमानसँगको एक दिवसीय शृङ्खलाका लागि अनिलकुमार शाहको कप्तानीमा १४ सदस्यीय नेपाली ‘ए’ टोली घोषणा गरेको थियो । युएईसँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा डेब्यु गरेका सन्तोष यादव र हेमन्त धामी पनि ‘ए’ टोलीमा छन्।
आईसीसी पुरुष विश्वकप लिग–२ को शृङ्खला तयारीका लागि ओमान र युएईको टोली नेपाल आएको हो । भोलिदेखि नेपाल, युएई र ओमान सम्मिलित लिग–२ शुरु हुनेछ ।




