दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा लोकेन्द्र बहादुर विष्ट शुक्रबार गाउँपालिकामा हाजिर हुनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत विष्टलाई शुक्रबार नै गाउँपालिकामा स्वाग गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।

विष्टले आजैदेखि अपिहिमाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको उहाँले बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाका अपिहिमाल संगै मालिकार्जुन र व्याँस गाउँपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएका थियो । तर ती दुई पालिकामा भने आज सम्म खटाएका प्रशासकीय अधिकृत हाजिर भएका छैनन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट व्याँस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका हरि पौडेलले भने राजीनामा दिएको मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?