दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई ५ विकेटले हराएको छ । गएराति बेङ्गलुरुको एम. चिन्नास्वामी स्टेडियममा भएको खेलमा गुजरातले दिएको २०६ रनको लक्ष्य आरसीबीले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

आरसीबीका विराट कोहली र देवदत्त पडिक्कलको अर्ध शतक खेले । कोहलीले ८१ रन र पडिक्कलले ५५ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

गुजरातका साई सुदर्शनले ५८ बलमा शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । आरसीबी ७ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान ७ खेलमा ६ अङ्कसहित गुजरात सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सले दिल्लीमा र बेलुका पौने ८ बजे जयपुरमा राजस्थान रोयल्स र सनराईजर्स हैदराबादले खेल्दैछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?