आईपीएल आज पहिलो खेलमा दिल्ली र कोलकाताबीच प्रतिस्पर्धा हुँदै

दार्चुला । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र कोलकाता आफ्नो ११ औं खेलका लागि मैदान उत्रन लागेका हुन् ।

दिल्ली र कोलकाताबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।शेख जायद क्रिकेट मैदानमा दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला १० खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली पन्जाबलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ । तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् ।

दिल्लीले सन्दीपलाई अघिल्ला १० खेलमा बेञ्चमा राखेको थियो ।बलियो टिम पन्जाबविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ । इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकाताविरुद्ध जित निकाल्न दिल्लीलाई कठिन भने हुनेछ ।दिल्लीलाई हराएर कोलकाता छैटौं जित निकाल्न चाहन्छ ।

कोलकाता १० खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ । कोलकाता जित निकाल्दै प्ले अफ यात्रा सुरक्षित गर्न चाहन्छ । यस्तै कोलकाता सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । पहिलो भेटमा दिल्लीले कोलकातालाई १८ रनले हराएको थियो ।

कोलकाताले दिल्लीविरुद्ध मोर्गनसँगै दिनेश कार्तिक, आन्द्रे रसेल, कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडी मैदान उतार्ने छन् ।

दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडीको साथ रहने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?