विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य

दार्चुला । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र यू्एईले प्रतिस्पर्धा गरिरहेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले २०१ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४८।२ ओभरमा २०० रनमा अलआउट भयो।

दीपेन्द्र सिंह ऐरीले ७५ रन जोडे। दबाबमा परेको नेपालका लागि दीपेन्द्रले सानदार ब्याटिङ गर्दै लक्ष्य उकासे।

यस्तै, कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए। आसिफ शेख ७ तथा रोहित पौडेलले २ रन जोडेर पभेलियन फर्किए।

बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र अजय कुमारले तीन–तीन तथा खुजैमा तनवीर दुई विकेट लिए भने हैदर अली र मुहम्मद शहदादले एक–एक विकेट लिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?