बैतडीका थप दुई जनामा कोरोना पुष्टि भएको छ । शनिबार डडेल्धुरा अस्पातलको प्रयोगशालामा भएको परीक्षणमा थप दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । ।
दोगडाकेदार गाउँपालिका २ का २१ बर्षीय पुरुष र मेलौली नगरपालिका २ का २० बर्षीय महिलामा कोराना पुष्टि भएको हो ।
दुवैजना भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसीरहेका बताइएको छ । दोगडाकेदारका संक्रमित पुरुष भने ३ हप्ता अघि भारतबाट फर्केका र मेलौलीका संक्रमित महिला एकहप्ता अघि भारतबाट स्वदेश फर्केका हुन् ।
शनिबार थप दुईजनामा कोरोना पुष्टि भएसंगै जिल्ला संक्रमितको संख्या ४६८ पुगेको छ ।
४६८ जना मध्ये ४४२ जना निको भएर घर फर्केका छन् भने २५ जना सक्रिय संक्रमित रहेका छन् । एकजनाको भने बैतडीमा कोरोनाका कारण मृत्यु भईसकेको छ ।





प्रतिक्रिया