कक्षा १२ को परीक्षा आजदेखिः दार्चुलामा १ हजार ७६ विद्यार्थी परीक्षामा सहभागी हुँदै

दार्चुला । यस वर्षको कक्षा १२ को परीक्षामा दार्चुलाबाट १ हजार ७६ जना परीक्षार्थी सहभागी हुँदै छन् । आजबाट सुरु भएको परीक्षाको लागि जिल्लामा १० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । कक्षा १२ सम्म पढाई हुने ३३ वटा विद्यालयका १ हजार ७६ जना विद्यार्थी परीक्षामा सहभागि भईरहेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीले जानकारी दिनुभयो ।

कक्षा १२ को परीक्षाको लागि महेन्द्र माध्यमिक विद्यालय खलंगा, गोकुलेश्वर माध्यमिक विद्यालय गोकुले, शंकरपुर माध्यमिक विद्यालय पस्ती, हिमालय माध्यमिक विद्यालय हुति, लटिनाथ माध्यमिक विद्यालय रस्कोट, लटिनाथ माध्यमिक विद्यालय चन्दनपुर चौपता, जनविकास माध्यमिक विद्यालय बारबाज, गणेश विनायक माध्यमिक विद्यालय सिप्टी, मालिकार्जुन माध्यमिक विद्यालय धाप र कृष्ण माध्यमिक विद्यालय बलाचमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस्तै यस वर्ष देशभरबाट ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन् ।

जसमध्ये १ लाख ७२,०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थीले सहभागी हुदैछन् । आंशिकतर्फ ५ हजार ८३० परीक्षार्थीहरू सहभागी हुनेछन् । यो वर्ष सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुदैछन्।

यो वर्ष देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १ –१ केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

प्रदेशगत रुपमा कोशी ६७ हजार ४९७, मधेस ६२ हजार ११४, बागमती १ लाख २० हजार ४७७, गण्डकीमा ३० हजार ५४६,लुम्बिनी ६९ हजार ४११, कर्णाली ३० हजार ४७९ र सुदूरपश्चिम प्रदेशमा ३७ हजार ४४५ र जापानमा ३९ जनाले परीक्षा दिँदै छन् ।

परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

परीक्षा वैशाख १४ (आज) देखि बैशाख २७ गतेसम्म सञ्चालन हुँदै छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?