लेकम–५ स्थित लटिनाथ मावि चौपाताका दुई भवन उद्घाटन तथा हस्तान्तरण

दार्चुला । नेपाल–भारत विकास सहयोग अन्तर्गत निर्माण सम्पन्न भएका दार्चुलाको लेकम गाउँपालिका–५ स्थित लटिनाथ माध्यमिक विद्यालय, चौपाताका दुई वटा विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू (कस्यप) प्रमुख अतिथि रहनुभएको थियो। भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव अजय कुमार सिंह विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

त्यसैगरी कार्यक्रममा भारतीय राजदूतावासका उपेन्द्र सिंह नेगी, जिल्ला समन्वय समितिका सदस्य खडक सिंह धामी, समन्वय अधिकारी गणेशबहादुर पाल, वडा नम्बर ५ का वडा अध्यक्ष बलदेव बोहरा, विद्यालयका प्रधानाध्यापक केशवराज विष्ट, शिक्षक, अभिभावक, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक विष्टका अनुसार भारतीय राजदूतावासको २ करोड ६५ लाख ३८ हजार ४ सय ४४ रुपैयाँ लागतमा दुई वटा भवन निर्माण गरिएको हो। निर्माण सम्पन्न भएका दुवै भवनको औपचारिक उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गरिएको हो।

२०७४ वैशाखमा निर्माण सुरु गरिएका उक्त भवनको निर्माण कार्य २०८२ असोजमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?