दार्चुलाको नौगाड गाउँपालिकाद्वारा विद्यालयलाई शुल्क नलिन निर्देशन

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै विद्यालयहरूलाई विद्यार्थी तथा अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क नलिन निर्देशन दिएको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर सिंह धामीद्वारा हस्ताक्षरित सूचनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्र बाट विभिन्न समयमा जारी गरिएका परिपत्र तथा निःशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७ अनुसार विद्यालयहरूले कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने स्पष्ट उल्लेख गरिएको छ।

सूचनामा विद्यालय भर्ना लगायतका सेवा प्रक्रियामा समेत शुल्क नलिन र प्रचलित कानुनी प्रावधानअनुसार काम गर्न निर्देशन दिइएको छ। यस कदमले अभिभावकमाथिको आर्थिक भार घटाउने र सबै बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले निर्देशनको पालना नगर्ने विद्यालयमाथि आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?