दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–३ खारका स्थानीयले निर्माण व्यवसायीबाट पारिश्रमिक तथा उधारो रकम नपाएको भन्दै खार–खंलगा सडक अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन्। स्थानीय दलवीर बोहरा सहित ३ जना व्यापारी, ३ जना मजदुर तथा १ जना मेडिकल व्यवसायीले प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिँदै यस्तो जानकारी गराएका हुन्।

उनीहरूले एक पटक औपचारिक रूपमा विज्ञप्ति बुझाई समस्या समाधानका लागि पहल गरिसकेको भए पनि सुनुवाइ नभएपछि पुनः कडा कदम चाल्न बाध्य भएको निवेदक दलवीर बोहराले जानकारी दिनुभयो । उनीहरूका अनुसार बैतडीको पुचौंडी नगरपालिका–६ का राजेन्द्र एण्ड इन्द्र धनु जेभी प्रालिका सब–कन्स्ट्रक्टर तथा साइट इन्चार्ज रामसिंह साउदले देथला–खार–खंलगा सडक स्तरोन्नतिको काम गर्दै आएका थिए ।

निवेदकहरूका अनुसार २०८१ मंसिरदेखि चैतसम्म काम गरेबापतको पारिश्रमिक तथा पसलको उधारो रकम आर्थिक वर्ष २०८१/०८२ भित्रै भुक्तानी गर्ने सहमति भए पनि हालसम्म कुल ३ लाख ५२ हजार ७६० रुपैयाँ नदिएको गुनासो गरिएको छ। पटक–पटक सम्पर्क गर्दा पनि सम्बन्धित पक्ष सम्पर्कमा नआएको उनीहरूको भनाइ छ। यसअघि जिल्ला प्रहरी कार्यालय दार्चुलामा निवेदन दिई ठेकेदारलाई बोलाउन आग्रह गरे पनि कुनै सुनुवाइ नभएको आरोप लगाइएको छ। त्यसपछि बाध्य भएर २०८३ वैशाख २० गतेदेखि रकम नदिएसम्म खार–खंलगा सडकमा सवारी आवतजावत बन्द गर्ने निर्णय गरिएको निवेदनमा उल्लेख छ ।

उक्त विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुला, जिल्ला प्रहरी कार्यालय, नौगाड गाउँपालिका तथा सम्बन्धित वडा कार्यालयहरूलाई समेत जानकारी गराएको पिडित बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?