इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ ।

सुरुआती ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले १८.४ ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनाएर लक्ष्य पूरा गरेको हो ।

मुम्बईका लागि रियान रिकल्टनले नटआउट १२३ रनको शतकीय पारी खेलेका थिए । विल ज्याक्सले ४६, नमन धीरले २२ र हार्दिक पाण्ड्याले ३१ रन जोडे ।

हैदरावादका लागि प्रफुल हिंगेले २ विकेट लिँदा इसान मालिङ्गा, साकिव हुसेन र नितिश कुमार रेड्डीले १ विकेट लिए ।

हैदरावादका लागि ट्राभिस हेडले ७६ र हेनरिक क्लासेनले नटआउट ६५ रनको अर्धशतकीय पारी खेले । अभिषेक शर्माले ४५, नितिश कुमार रेड्डीले बनाउँदा सलिल अरोराले नटआउट रहँदै ३० रन जोडे ।

मुम्बईका लागि एएम घजनफरले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले १/१ विकेट लिए ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?