दार्चुला । नौगाड गाउँपालिकामा न्याय सम्पादन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार गाउँपालिकाको कार्यालय होपरीगाडमा आयोजित उक्त कार्यक्रममा जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरी प्रमुख अतिथि रहनुभएको थियो भने जिल्ला अदालतका तहसिलदार विष्णु अवस्थीको सहभागिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले बताउनुभयो ।

गाउँपालिकाको न्यायिक समिति, मेलमिलापकर्ता, कार्यपालिका सदस्य तथा अन्य सरोकारवालाहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमले न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउने, कानुनी ज्ञान अभिवृद्धि गर्ने तथा सेवा प्रवाहलाई छरितो र पारदर्शी बनाउने उदेश्यले राखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा न्यायिक समिति संयोजक, गाउँपालिका जगत सिंह ठगुन्नाको अध्यक्षता रहेको थियो भने कार्यक्रममा न्यायिक समिति पदाधिकारी, कार्यपालिका सदस्य र मेलमिलापकर्ताहरूको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत धामीले बताउनुभयो ।

भोलि न्यायिक समितिको कार्यसम्पादनको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?