दार्चुला । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई हराएको छ ।

हिजो चेन्नईमा भएको खेलमा चेन्नईले मुम्बईलाई ८ विकेटले हराएको हो । पहिला ब्याटिङ गरेको मुम्बईले ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर १ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । चेन्नई ९ खेलमा ८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने मुम्बई ९ खेलमा ४ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दिउँसो पौने ४ बजे सनराईजर्स हैदरावाद र कोलकाता नाइट राईडर्स तथा बेलुका पौने ८ बजे पञ्जाव किङ्स र गुजरात टाइटन्स खेल्दैछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?