दार्चुलाको लेकम-५ मा अवस्थित लटिनाथ मावि चौपाताको विव्यस अध्यक्षमा रेवाधर जोशी चयन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ माध्यमिक विद्यालय चौपाताको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। मंगलबार (आज) जेष्ठ सदस्य छेपरी खत्रीको अध्यक्षतामा बसेको बैठकले रेवाधर जोशीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रेवाधर जोशी सहित सदस्यहरुमा छेपरी खत्री, दिपेन्द्र बहादुर पाल, नरेश सिंह बोहरा, भुवनेश्वरी गिरी, दयाकृष्ण विष्ट, पुष्पा जोशी चयन हुनुभएको विद्यालयका सहायक प्रधानाध्यापक महेश राज जोशीले जानकारी दिनुभयो। त्यस्तै शिक्षक प्रतिनिधिमा राजेन्द्र सिंह खत्री र विद्यालयका प्रधानाध्यापक केशव राज विष्ट सदस्य सचिव चयन हुनुभएको उहाँले बताउनुभयो।

शिक्षा ऐन २०२८ संसोधन सहित को दफा १२ बमोजिम विव्यस गठन गरिएको बताइएको छ। यसअघि अभिभावक भेलाबाट विव्यस सदस्य चयन गरिएकोमा आजको बैठकले अध्यक्ष टुंगो लगाएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?