दार्चुला । दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर ६ बडुगाउँ बस्ने ५८ वर्षीय सुनादत्त बडु मृत अवस्थामा फेला परेका हुन्। बडु घर नजिकै गोठालो गएकोमा बेलुकासम्म घर नफर्केपछि खोततलास गर्ने क्रममा घरदेखि करिब १ किलोमिटर टाढा बुधबार राति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बडूको शव भेटिएको ठाउँ वरपर भिरबाट ढुङ्गा खसेको देखिएकोले भिरबाट खसेको ढुङ्गा लागेर नै उहाँको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ भने थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




