दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तर्कराज भट्ट हाजिर हुनुभएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उद्योग बाणिज्य मन्त्रालयमा कार्यरत उप सचिव भट्टलाई महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको थियो । उहाँ सोमबार (आज)बाट नगरपालिकामा हाजिर हुनुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत भट्टलाई नगर प्रमुख नरसिंह चैसिर, उप प्रमुख दुर्गा खत्री विष्ट लगायत जनप्रतिनिधि र कर्मचारीहरुले नगरपालिकामा स्वागत गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महाकाली नगरपालिकासहित जिल्लाको अपिहिमाल, मालिकार्जुन र दुहुँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । मालिकार्जुन र अपिहिमाल गाउँपालिकामा यस अघि नै नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भईसकेका छन् ।




