दार्चुलाको शैल्यशिखर–१ बारिलमा करेन्ट लागेर ३८ वर्षीया महिला घाइते

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँच (बारिल)मा करेन्ट लागेर एक जना घाइते हुनुभएको छ। सोमबार (आज) दिउँसो ४ बजेतिर विद्युत लाइनमा छोएको केतकिको काचो बिरुवा (रम्बास) काट्ने क्रममा करेन्ट लागेर स्थानीय ३८ वर्षीया नन्दा देवी लोहार घाइते हुनुभएको हो।

स्थानीय समाजसेवी सुरेन्द्र तितराका अनुसार ३३ केभीए विद्युत प्रसारण लाइन नजिकै रहेको उक्त बोट हटाउने क्रममा लोहारलाई करेन्ट लागेको हो । बाटो नजिकै रहेकोले बच्चाहरुलाई करेन्ट लाग्नसक्ने भन्द्र लोहारले रम्बासको बोट हटाउन खोज्दा करेन्ट लागेको स्थानीय लालबहादुर बिकले बताउनुभयो ।

करेन्ट लागेर घाइते भएकी लोहारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरा मुक्त रहेको बताइएको छ । त्यस्तै उक्त क्षेत्रमा अन्य ठाउँमाहरु पनि ३३ केभिए लाइनमै रुखका हाँगाहरु छोइएकोले व्यवस्थित गर्न स्थानीयहरुले माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?