दार्चुला । आगामी जेठ २ गतेदेखि सञ्चालन हुने १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिता नजिकिँदै जाँदा जिल्लाका नौवटै स्थानीय तह प्रशिक्षण तथा व्यवस्थापनमा जुटेका छन् ।

जिल्ला राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार आयोजना हुने प्रतियोगितामा पालिका स्तरीय छनोटबाट उत्कृष्ट ठहरिएका छात्र तथा छात्रा खेलाडीहरूले सहभागिता जनाउनेछन् । जिल्लाका सबै स्थानीय तहमा पालिका स्तरीय छनोट प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेका छन् ।

स्थानीय तहहरूले छनोट भएका खेलाडीलाई विभिन्न खेल विधामा नियमित अभ्यास तथा प्रशिक्षण गराइरहेका छन् । लेकम गाउँपालिकाका खेल प्रशिक्षक प्रेमसिंह विष्टले जिल्ला स्तरीय प्रतियोगितालाई लक्षित गर्दै खेलाडीको तयारीलाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दोलगायत विभिन्न खेल विधामा अन्तरपालिका स्तरीय प्रतिस्पर्धा हुने जनाइएको छ ।

यसैबीच जिल्ला खेलकुद समितिले प्रतियोगितामा सहभागी खेलाडीहरूको नामावली, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, फोटोसहितको दर्ता फाराम तथा खेल विधाअनुसारको विवरण वैशाख ३० गतेभित्र अनिवार्य रूपमा पेश गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

१६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ २, ३ र ४ गते सदरमुकाम खलङ्गास्थित शिवनगर खेलमैदानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?