एसईईमा महेन्द्र मावि खलंगा उत्कृष्ट, गोकुलेश्वर मावि दोस्रो स्थानमा

दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दार्चुलाका धेरै विद्यार्थी सहभागी भएका विद्यालयहरूमध्ये महेन्द्र माध्यमिक विद्यालय खलंगाले उत्कृष्ट नतिजा हासिल गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले सार्वजनिक गरेको विवरणअनुसार ५० जना वा सोभन्दा बढी विद्यार्थी सहभागी भएका विद्यालयमध्ये महेन्द्र मावि खलंगाले ५० दशमलव ८८ प्रतिशत नतिजासहित पहिलो स्थान हासिल गरेको हो । उक्त विद्यालयबाट २ सय ८३ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये १ सय ४४ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै गोकुलेश्वर माध्यमिक विद्यालय गोकुलेश्वरले ४६ दशमलव १५ प्रतिशत नतिजासहित दोस्रो स्थान हासिल गरेको छ । उक्त विद्यालयबाट ७८ जना विद्यार्थी सहभागी भएकोमा ३६ जना उत्तीर्ण भएका छन् ।

जनहित माध्यमिक विद्यालय धुलिगडाले ३४ दशमलव ६६ प्रतिशत नतिजा ल्याएको छ । विद्यालयबाट सहभागी ७५ जना विद्यार्थीमध्ये २६ जना उत्तीर्ण भएका छन् ।

यस्तै मालिकार्जुन माध्यमिक विद्यालय धापले ३३ दशमलव ७८ प्रतिशत नतिजा हासिल गरेको छ । उक्त विद्यालयबाट ७४ जना विद्यार्थी सहभागी भएकोमा २५ जना उत्तीर्ण भएका छन् ।

५० जना वा सोभन्दा बढी परीक्षार्थी सहभागी भएका विद्यालयहरूको नतिजा
महेन्द्र माध्यमिक विद्यालय, खलंगा — ५०.८८ %
सहभागी: २८३ | उत्तीर्ण: १४४
गोकुलेश्वर माध्यमिक विद्यालय, गोकुलेश्वर — ४६.१५ %
सहभागी: ७८ | उत्तीर्ण: ३६
जनहित माध्यमिक विद्यालय, धुलिगडा — ३४.६६ %
सहभागी: ७५ | उत्तीर्ण: २६
मालिकार्जुन माध्यमिक विद्यालय, धाप — ३३.७८ %
सहभागी: ७४ | उत्तीर्ण: २५

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?